अछाम र डोटीमा भ्रष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्‍चनपुरको आयोजनामा अछाम र डोटी जिल्लामा क्रमश: मिति २०७६।११।१४ र मिति २०७६।११।१६ गते भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन विषयक १(एक) दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्‍न भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्‍चनपुरका प्रमुख बाबुराम खतिवडाज्यूको अध्यक्षता तथा  तत् तत् जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरु नर बहादुर कुवँरज्यू, राम बहादुर ऐरज्यूको को प्रमुख आतिथ्यतामा सञ्‍चालित उक्त कार्यक्रमहरुमा जिल्ला समन्वय समितिका उपप्रमुखहरु, जिल्लास्थित नगरपालिका तथा गाउँपालिकाका प्रमुख/अध्यक्षहरु, उपप्रमुख/उपाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी लगायत जिल्लास्थित विभिन्‍न कार्यालयका कार्यालय प्रमुखहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु लगायत शिक्षा शाखा, प्राविधिक शाखा, लेखा शाखाका प्रमुखहरु, विभिन्‍न क्याम्पसका व्यवस्थापन समितिका अध्यक्षहरु, क्याम्पस प्रमुखहरु, लेखा प्रमुख तथा विभिन्‍न विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरु एवम् प्रधानाध्यापकहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु,  सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षहरु, भ्रष्‍टाचार विरुद्ब क्रियाशील सामाजिक अभियन्ताहरु तथा सम्बन्धित जिल्लाका पत्रकार महासंघका अध्यक्ष लगायतका संचारकर्मीहरु समेत गरी अछाम र डोटी जिल्लामा क्रमश: १२० र १६३ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

दुवै जिल्लाको कार्यक्रमको सुरुवातमा कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्‍चनपुरका शाखा अधिकृत अमर बहादुर वलीले "भ्रष्‍टाचार नियन्त्रण  र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका" विषय कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमा भ्रष्‍टाचारको अवधारणा, प्रवृत्ति, कारक तत्व एवं असरहरु, आयोगको पृष्ठभूमि एवं उजुरी छानविन प्रकृया, भ्रष्‍टाचार नियन्त्रणमा आयोगको प्रयास, आयोगको कार्यालय कञ्‍चनपुरबाट सम्पादित कार्यहरु, भ्रष्‍टाचार नियन्त्रणका लागी आयोगको स्थानीय  तहसंगको अपेक्षा, समस्या तथा चुनौतिहरु लगायतका विषयवस्तु समावेश भएको थियो । दुवै जिल्लाको कार्यक्रममा कार्यपत्र प्रस्तुती पश्‍चात सहभागीहरुलाई छलफल तथा जिज्ञासाको लागि समय व्यवस्थापन गरिएकोमा सहभागीहरुले सक्रियताकासाथ भ्रष्‍टाचार नियन्त्रण तथा अख्तियारको कामकारवाही समेतको बारेमा आ-आफ्नो धारणा र जिज्ञासा राख्दै आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमबाट कार्यक्षेत्रमा काम गर्दा अपनाउनु पर्ने विधिसम्मत प्रक्रियाका बारेमा जानकारी भएको र आफूहरुले आयोगको अनुसन्धान प्रक्रियामा पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथी तथा तत् तत् जिल्लास्थित नगरपालिका तथा गाउँपालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीले मन्तव्य व्यक्त गर्नुहुँदै अन्तरक्रिया कार्यक्रमको प्रशंसा गर्नुहुँदै भ्रष्‍टाचार विरुद्धको अभियानमा सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका उठेका विभिन्‍न जिज्ञासाहरुलाई आयोगको कार्यालय, कञ्‍चनपुरका प्रमुख बाबुराम खतिवडाले सम्बोधन गर्नुहँदै भ्रष्‍टाचार गर्ने कोही सानो ठुलो नहुने हुनाले कसुरदार देखिएका सबैलाई विना भेदभाव आयोगले कारवाहीको दायरामा ल्याएको प्रसंग औंल्याउदै सामाजिक रोगको रुपमा मौलाउँदै गएको भ्रष्‍टाचार विरुद्धका कानुनहरुको सफलतापूर्वक कार्यान्वयन गर्न आयोगको एक्लो प्रयासले मात्र संभव नहुने भएकाले यसमा सबै पक्ष, तह र तप्काको सहभागी हुन आवश्यक रहेको र सबै सरोकारवालाहरुले भ्रष्‍टाचार नियन्त्रणतर्फ यथेष्ठ ध्यान केन्द्रिन गर्नुका साथै क्रियाशील रुपमा संलग्‍न हुनुपर्नेमा कुरामा जोड दिनुभयो । साथै उहाँले परिवर्तित राज्य संरचनामा स्थानीय, प्रदेश स्तर र केन्द्र तीनै तहको सरकारहरुको एकिकृत प्रयासबाट मात्रै भ्रष्‍टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सकिने बताउदै जनताले सुशासनको अनुभूति गर्न भ्रष्‍टाचार नियन्त्रण हुनुपर्ने र सो कार्यका लागि सबै अख्तियार प्राप्त अधिकारी, आम संचार जगत, सरकारी एवं गैर सरकारी संघ-संस्थाहरु, नागरिक समाज र सर्वसाधारण समेतको सहकार्य र संलग्नता अपरिहार्य  रहेको बताउदै कार्यक्रम समापन गर्नुभयो ।

 

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16