अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवआगन्तुक सचिवज्यूको पदभारग्रहण एवं स्वागत सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल सरकारको मिति २०७७/१०/२९ को निर्णयानुसार सरुवा भई आउनुभएका नवआगन्तुक सचिव श्री तोयम रायाज्यूले मिति २०७७/११/०५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवको पदभारग्रहण गर्नुभएको छ।

परभारग्रहणपश्चात आयोगमा सचिवज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा आफ्नो मार्गदर्शन एवं निर्देशन सहितको मन्तब्य व्यक्त गर्दै सचिवज्यूले सार्वजनिक सेवा एवं समग्र सुशासनको  अवस्था सुधारको लागि सबैको हातेमालो रहनुपर्ने कुरामा जोड दिनुभयो। आम नागरिकको सार्वजनिक सेवाप्रतिको धारणा नकारात्मक रहेको भन्दै यसबाट मुक्त गराउने दायित्व आयोगमा समेत रहेको बताउनुभयो। आयोगको अनुसन्धान प्रभावकारी बनाउन  कर्मचारीहरु सीपयुक्त हुनुपर्ने भन्दै  सूचना प्रविधिको उपयोगमा आउने जोखिमका विषयमा समेत सजग हुनुपर्ने बताउनुभयो।असल नियतले कर्मचारीले गरेको काममा आफ्नो सँधै साथ रहने बताउनुहुँदै सचिवज्यूले आफूलाई स्वागत कार्यक्रमको आयोजना गरेकोमा सम्पुर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा आयोगका सह-सचिव श्री रमाकान्त दुवाडीज्यूले सम्पुर्ण कर्मचारीहरुको तर्फबाट सचिवज्यूलाई स्वागत गर्नुभयो। सार्वजनिक सेवाको क्षेत्रमा लामो अनुभव भएका सचिव पाएकोले आयोगमा कार्यकाल सफल हुने साथै कर्मचारीहरुको लागि समेत मार्गदर्शन हुने भन्दै सहकार्य एवं समन्वयात्मक प्रयासले चुनौती पार गर्न सकिने धारणा राख्नुभयो।सबै कर्मचारीहरु  समुह कार्यमा प्रतिवद्ध रहेको कुरामा जोड दिँदै सबै कर्मचारीले नवआगन्तुक सचिवज्यूलाई मन , बचन र कर्मले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। सो अवसरमा सह-सचिवज्यूले आयोगको बारेमा संक्षिप्त जानकारी समेत गराउनुभयो। स्वागत कार्यक्रममा आयोगका महाशाखा प्रमुखज्यूहरु लगायत आयोगमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16