रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिकामा सामुदायिक शिक्षा कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वुटवलले बार्षिक कार्यक्रम अनुसार भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धी विद्यालय स्तरीय सामुदायिक शिक्षा कार्यक्रम मिति २०७७/११/२५ गते सम्पन्न गरेको छ । रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका, वडा णं. २ स्थित त्रिपुरेश्वरी माध्यामिक विद्यालय, खुङ्ग्रीमा सञ्चालित उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वुटवलका उपसचिव श्री रुद्र प्रसाद ज्ञवालीको अध्यक्षता र सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष श्री गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उक्त गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत, विभिन्न वडाका वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक/शिक्षीकाहरू र विद्यार्थीहरू समेत गरी करिव ९९ जनाको सहभागिता रहेको थियो ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष श्री गुणेन्द्र घर्तिले आयोगवाट आफ्नो पालिकामा कार्यक्रम आयोजना हुनु सकारात्मक भन्दै भ्रष्टाचार नियन्त्रणमा सबैको हातेमालो आवश्यक रहेको विचार व्यक्त गर्नुभएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वुटवलका उपसचिव श्री रुद्र प्रसाद ज्ञवालीले कार्यालयको प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गर्न सबैको सहयोग चाहिने विचार व्यक्त गर्दै विद्यालय क्षेत्रमा हुने भ्रष्टाचार न्यूनिकरणका लागि शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी समेतको महत्वपूर्ण भूमिका रहने कुरा वताउनुभएको थियो ।

भ्रष्टाचार नियन्त्रणमा विद्यार्थी र आम-नागरिकले खेल्न सक्ने भूमिका समेतको विषयमा विद्यार्थीका जिज्ञासा आयोगको वुटवल कार्यालयका प्रतिनिधिको तर्फवाट संवोधन भएको थियो भने सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासनकीय अधिकृत श्री केशवराज पार्धेले आयोगको यस किसिमको कामको प्रसंशा गर्दै सुशासन कायम गर्ने क्रममा आ-आफ्नो तर्फवाट सबैले पहल गर्न आग्रह सहितको मन्तव्य दिनुभएको थियो ।

शाखा अधिकृत श्री बाबुराम पौडेलले आयोगको उद्देश्य र कार्यक्रमको औचित्य प्रष्ट पार्ने गरी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष/वडा अध्यक्ष साथै विद्यार्थीहरूको तर्फवाट समेत भ्रष्टाचार नियन्त्रण गर्दै सदाचारिता स्थापित गर्ने सवालमा आ-आफ्ना धारणाहरू व्यक्त भएका थिए । 

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16