"Intelligence Analysis and Sting Operations" तालिम कार्यक्रम

मिति २०७६।०४।२० गते ।
---------------------------------

आयोगको ‘रणनीतिक योजना "२०१४ देखि २०१९" सम्‍ममा क्षमता विकासलाई उच्च प्राथमिकता दिई आयोगको मानव संशाधन क्षमता विकास गर्ने रणनीति अनुरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालद्वारा सुचना संकलन र स्टिंग कारवाही सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोगका कार्यालयहरु बर्दिवास र ईटहरीलाई लक्षित गरी मिति २०७६/०४/२० गते देखि ५ (पाँच) कार्य दिनको "Intelligence Analysis and Sting Operations" तालिम कार्यक्रम बिराटनगरमा आज मिति २०७६।०४।२० गते देखि  सञ्चालन गरिएको छ। यस तालिमको उद्‌घाटन समारोहमा प्रमुख अतिथि अ.दु.अ.आयोग टंगालका श्रीमान सचिव महेश्वर न्यौपाने ज्यूले सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिने क्रममा आयोगले प्रदान गर्ने विभिन्न तालिमहरु मध्ये यो तालिम बिशिष्टिकृत तालिम हो, आयोगमा कार्यरत जनशक्तिहरुलाई क्षमतावान, दक्ष तथा sting Operations कारवाहीलाई प्रभावकारी संचालन, दुरुस्त Documentation  तथा दुरुस्त प्रमाण संकलन गर्ने कार्यमा प्रशिक्षण प्रदान गरी कर्मचारीको क्षमतामा अभिवृद्धी गर्नु यस तालिमको प्रमुख उदेश्य रहेको छ । प्रशिक्षार्थीहरुले यसको सम्बेदनसिलता बुझी तालिममा दिईने बिशेष ज्ञान, रंगेहात कारवाही गर्दा अपनाउनु पर्ने सावधानी, कागजात तयार गर्दा उपनाउनु पर्ने सावधनी तथा प्रमाण संकलन गर्दा बिशेष ख्याल गर्नु पर्ने बिषयमा बिशेष जोड दिनु भएको थियो ।त्यसै गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रशासन महाशाखा प्रमुख, सह-सचिव श्रीमान् काली प्रसाद पराजुली ज्यूले तालिम कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो भने तलिम उद्‌घाटन कार्यक्रममा आयोगको कार्यालय, ईटहरीका निमित्त कार्यालय प्रमुख उप-सचिव श्री ज्ञानेन्द्र प्रसाद ढकाल ज्यूले यस कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । त्यसैगरी १ नम्बर प्रदेश प्रहरी  कार्यालयका प्रमुख प्र.ना.म.नी. ठाकुर प्रसाद ज्ञवाली ज्यू, र अन्य कर्मचारीहरुको पनि उद्‌घाटन समारोहमा उपस्थिति रहेको थियो ।


 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16