आयोगको संस्थागत रणनीति सम्बन्धी विद्वत वर्गहरु समक्ष छलफल तथा अन्तरक्रिया कार्यक्रम

मिति २०७६।०५।0६

................................. 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मिति २०७६।०५।०६ गते आयोगको आगामी ५ वर्षे संस्थागत रणनीति (२०७६÷७७–२०८०÷८१) र आगामी दिनमा आयोगको काम कारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननिय आयुक्तज्यूहरुको समुपस्थितिमा पूर्व मन्त्री, आयोगका पुर्व पदाधिकारीहरु, योजना आयोगका पूर्व पदाधिकारी, पूर्व सचिवहरु, विभिन्न विश्वविद्यालयमा प्रध्यापकरु, कानुन व्यवसायीहरु तथा अन्य लब्धप्रतिष्ठित व्यक्तिहरु गरि करिब ६० सँग जना अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाबाट आयोगका ५ वर्षे संस्थागत रणनीतिका महत्वपूर्ण पक्षहरुको प्रस्तुति गर्दै आरम्भ गरिएको कार्यक्रममा आयोगको संस्थागत रणनीतिलाई थप वस्तुपरक तथा प्रभावकारी बनाउन उपस्थित विद्वत वर्गहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त भयो।उहाँहरुमध्य अधिकांस सहभागीहरुले आयोगले गर्ने गरेको यस किसिमको छलफल तथा अन्तरक्रिया कार्यक्रमको सरहना गर्दै परिवर्तित राज्य व्यवस्थामा आयोगले आफूलाई पनि परिवर्तन गर्दै लैजानु पर्ने कुरामा जोड दिनुभयो।उक्त कार्यक्रममा आयोगले उपस्थित प्रागिक वर्गहरुबाट संस्थागत रणनीति कस्तो हुनुपर्दछ भन्ने विषयमा अतिनै महत्वपूर्ण प्राविधिक सुझाव पाउनुका साथै विकेन्द्रीत भइरहेको नीतिगत भ्रष्टाचारप्रति आयोगले गम्भीर ध्यान दिनुपर्ने, अख्तियारको जनशक्तिलाई विशिष्टीकृत बनाउनु पर्ने र प्रभावरहित आयोगका काम कारबाही पारदर्शी र स्वच्छ हुनुपर्ने लगायतका विषयमा समेत महत्वपूर्ण सुझाव दिनुका साथै भ्रष्टाचारमुक्त देश बनाउन आ- आफ्नो स्थानबाट हरतरहको सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रमको अन्तमा आयोगका तर्फबाट माननीय प्रमुख आयुक्त एवं आयुक्तज्यूहरुले छलफलका क्रममा उठेका जिज्ञासा एवं अस्पष्टताहरुलाई स्पष्ट पर्ने क्रममा देशमा सुशासन र भ्रष्टाचारको अन्त्यका लागि आयोग प्रतिबद्ध रहेको जानकारी दिनुभयो।कार्यक्रममा माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यूले भ्रष्ट्रचार नियन्त्रणमा राजनीतिक प्रतिबद्धता आवश्यक रहने हुनाले सो को लागी सवैले आ-आफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्नु पर्ने बताउनु भयो।यसैगरी माननीय आयुक्त डा. गणेश राज जोशीज्यूले उपस्थित सबै विद्धत वर्गहरुले दिनुभएको सुझावहरुको सरहना गर्दै भ्रष्ट्राचार न्युनिकरण गरी सु:शासन कायम गर्न आयोग सँगै अन्य सम्पुर्ण पक्षहरुको सामुहिक पहल आवश्यक पर्ने कुरा बताउनु भयो। साथै माननीय प्रमुख आयुक्त नविन कुमार घिमिरिज्यु ले आयोगका गतिविधिहरु आग्रह र पूर्वाग्रहबाट मुक्त हुने गरेको र हुने, पद्धतिले काम गर्ने प्रणाली बनाइने, प्रविधियुक्त अनुसन्धान पद्धतिमा जोड दिइने भन्नु हुँदै आयोगले प्राप्त सुझावहरु मध्य उपयुक्त सुझावहरुलाई रणनीतिमा समेट्ने तथा यस रणनीतिमा समेटिन नसकिएका सुझावहरुलाई आयोगको सम्पत्तिको रुममा लिने बताउँदै आयोगको रणनीतिलाई अन्तिम रुप दिनु पुर्व यस्ता छलफल कार्यक्रम अन्य प्रशासनीक तथा राजनीतिक नेतृत्व पनि सञ्चालन गर्ने बताउनु भयो।


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16