ओखलढुङ्गा र सोलुखुम्बुमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको आयोजनामा मिति २०७६/०७/२७ र मिति २०७६/०७/२८ मा क्रमश: जिल्ला समन्वय समितिको सभाहल, ओखलढुङ्गा र सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आयोगको कार्यालय इटहरीका प्रमुख सह सचिव श्री चक्रबहादुर बुढाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रमुख आतिथ्यतामा सञ्‍चालन भएको उक्त कार्यक्रमहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह सचिव हुमकला पाण्डे, प्रमुख जिल्ला अधिकारीहरु, डिभिजन वन अधिकृतहरु, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु, संचारकार्मी समेत गरी ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा क्रमश: ११६ र १०४ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आयोगको कार्यालय इटहरीमा कार्यरत उप सचिव श्री ज्ञानेन्द्र प्रसाद ढकाल र डिभिजन वन कार्यालय सोलुखुम्बुमा कार्यरत सहायक वन अधिकृत डम्बर भण्डारीले छुट्टा छुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उप सचिव श्री ज्ञानेन्द्र प्रसाद ढकालको कार्यपत्रमा प्रचलित कानुन अनुसार भ्रष्‍टाचार जन्य कार्यहरु, आयोगमा पर्ने उजुरीको प्रकृति, आयोगको कार्य प्रणाली, उजुरीका माध्यम जस्ता विषयवस्तुहरु समावेश भएको थियो भने सहायक वन अधिकृत डम्बर भण्डारीको कार्यपत्रले वन उपभोक्ता समूह गठन, सामुदायिक वन दर्ता, वन समूहको लेखा परीक्षण जस्ता विषयहरुमाथि प्रकाश पारेको थियो । कार्यक्रमको छलफल सत्रमा सहभागीहरुले सक्रियताका साथ आयोगको काम कारवाहीका सम्बन्धमा जिज्ञासा राखेका थिए भने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुखहरु तथा प्रमुख जिल्ला अधिकारीहरुले मन्तव्य दिँदै सुशासनको पक्षमा सबै एकठाउँमा उभिनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा आयोगका सह सचिव हुमकला पाण्डेले वन समूहका पदाधिकारीहरु वन क्षेत्रको रुख कटान र लेखाङ्कन समेत विषयमा अनियमिततामा मुछिने गरेको बताउनु हुँदै वनको संरक्षणमा राष्‍ट्रिय हित समेत जोडिएकोले सो सम्बन्धमा गम्भिर हुन उहाँले सवैमा आग्रह गर्नु भयो । कार्यक्रममा अन्तमा आयोगको कार्यालय इटहरीका प्रमुख चक्र बहादुर बुढाले भ्रष्‍टाचार ठहर भएमा व्यक्ति कुनै सार्वजनिक पदमा रहन नपाउने हुँदा यसबारे राष्‍ट्रसेवक तथा नागरिक सचेत हुनु पर्ने उल्लेख गर्नु भयो । साथै उहाँले सरकारी सम्पत्ति संरक्षण गर्ने, वन पैदावरको कानून अनुसार मात्र वन्य पदार्थ प्रयोग गरी सरकारी सम्पत्तिको संरक्षणमा पारदर्शिता समेत कायम गर्न उहाँले सामुदायिक वनका पदाधिकारीहरु आग्रह गर्नु भयो ।

 

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16