आयोगको संस्थागत रणनीति सम्बन्धी नेपाल सरकारका उच्च प्रशासनिक नेतृत्व सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मिति २०७६।०८।०४ गते माननीय प्रमुख आयुक्तज्यू तथा माननीय आयुक्तज्यूहरुको समुपस्थितिमा आफ्नो संस्थागत रणनीति (२०७६/७७–२०८०/८१) लाई अन्तिम रुप दिनुअघि नेपाल सरकारका उच्च प्रशासनिक नेतृत्वहरु समक्ष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न गरेको छ । आयोगका सचिव महेश्‍वर न्यौपानेले कार्यक्रमको मुख्य उद्देश्य र ‌औचित्य माथी प्रकाश पार्दै आरम्भ भएको कार्यक्रममा प्रवक्ता प्रदीपकुमार कोइरालाबाट प्रवर्धनात्मक, निरोधात्मक, दण्डात्मक तथा संस्थागत सुदृढीकरण लगायत आयोगको रणनीतिका आगामी दिनका महत्वपूर्ण पक्षहरुको बारेमा प्रस्तुतिकरण भएको थियो । वैठकमा यस आयोगका माननीय प्रमुख आयुक्तज्यू, माननीय आयुक्तज्यूहरु, आयोगका सचिवज्यू, विभिन्‍न मन्त्रालय, सचिवालय, आयोग तथा संवैधानिक अंगका सचिवहरु, महालेखा नियन्त्रक, नेपाल सरकारका अन्य विशिष्‍ट श्रेणीका कर्मचारीहरु, आयोगका महाशाखा प्रमुखहरु लगायत करिव ६० जना सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्‍न चरणको छलफलबाट अन्तिम रुप लिन लागेको संस्थागत रणनीतिको खाकालाई थप वस्तुपरक तथा प्रभावकारी बनाउनमा कार्यक्रममा उपस्थित उच्च प्रशासनिक नेतृत्वबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको छ । उहाँहरु मध्ये अधिकांश सहभागिहरुले बुँदागत रुपमा नै आयोगले तयार गर्दै गरेको संस्थागत रणनीतिको खाकामा सुझावहरु दिनुभएको थियो। अधिकांश सहभागीहरुले संस्थागत रणनीतिको खाकाको भाषागत पक्षमा सामान्य फेरवदल आवश्यक रहेको बताउँदै रणनीतिले भ्रष्‍टाचार नियन्त्रणका oversight agencies हरु बीच संयन्त्रीकरण गर्ने विषयलाई पनि समेट्नु पर्ने बताउनु भयो । साथै सहभागीहरुमध्ये केहीले अख्तियारको जनशक्तिलाई विशिष्टीकृत बनाउनु पर्ने धारणा राख्दै रणनीतिको सूचकहरु निर्धारणमा दिगो विकास लक्ष्यसँग सामञ्जस्यताको पक्षलाई पनि ख्याल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यूले भ्रष्‍टाचार नियन्त्रणको लागि आगामी दिनमा आयोगले सूचना संकलन तथा विश्लेषणलाई अत्याधिक महत्व दिएको बताउँदै सो कुरा रणनीतिमा समेटिएको बताउनु भयो । यसैगरी माननीय आयुक्त डा. गणेशराज जोशीज्यूले छलफलबाट प्राप्त सम्पूर्ण पृष्‍ठपोषण तथा सुझावहरुले रणनीतिलाई वस्तुपरक तथा यथार्थपरक बनाउनमा सहयोग पुग्‍ने बताउँदै रणनीतिको खाकालाई गम्भिरताका साथ अध्यन गरी सहभागीहरुले दिनुभएको सुझावको सराहना गर्नुहुँदै सबैको प्रतिवद्धता आएमा रणनीतिमा लिइएको (Corruption Perception Index, CPI) को लक्ष्यलाई पनि बढाउन सकिने बताउनु भयो । उक्त वैठकको महत्वपूर्ण क्षणमा बोल्दै माननीय प्रमुख आयुक्त नविन कुमार घिमिरिज्यूले आयोगले प्रविधियुक्त अनुसन्धान पद्धतिमा जोड दिएको बताउँदै आफ्नो वार्षिक प्रतिवेदन मार्फत सरकारलाई नीतिगत निर्णयलाई परिभाषित गरी आयोगको स्पष्‍ट कार्यक्षेत्र छुट्याइदिन सुझाव दिँदै आइरहेको बताउनुभयो । साथै उहाँले सहभागीबाट प्राप्त सुझावहरुलाई आयोगले सहर्ष स्वीकार्ने बताउँदै ती मध्ये उपयुक्त सुझावहरुलाई रणनीतिमा समेट्ने तथा यस रणनीतिमा समेट्न नसकिएका सुझावहरुलाई आयोगको सम्पत्तिको रुममा लिने बताउनु भएको थियो।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16