रौतहटमा भष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

मिति २०७६।०८।०४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको आयोजनामा भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी १(एक) दिने अन्तरक्रिया कार्यक्रम रौतहट जिल्लाको सदरमुकाम गौर स्थित जिल्ला समन्वय समिति, रौतहटको सभाहलमा सम्पन्‍न भएको छ । सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव काशीराज दाहालको अध्यक्षता र जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामएकवाल राय यादवको प्रमुख आतिथ्यतामा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षित गरी सञ्‍चालन भएको उक्त कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख एवं अध्यक्षहरु, आयोगको कार्यालय बर्दिवासका प्रमुख सहसचिव नारायण प्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी किरण थापा, विभिन्‍न स्थानीय तहका वडा अध्यक्षहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु लगायत अन्य सरोकारवालाहरु सहित गरी १५१ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
आयोगको प्रवर्द्धनात्मक रणनीति अन्तरगत संचालित उक्त कार्यक्रममा आयोगको कार्यालय, बर्दिवासका उपसचिव हरि प्रसाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने आयोगको कार्यालय बर्दिवासका प्रमुख नारायण प्रसाद सापकोटाज्यूले भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सम्पूर्ण सरोकारवालाहरुको सक्रियता, इमान्दारीता र प्रतिवद्धता आवश्यक रहने निष्कर्ष सहितको भष्‍टाचार नियन्त्रणमा आयोगको गतिविधिहरु समावेश भएको कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुती पश्‍चात भएको छलफल कार्यक्रममा सहभागीहरुले सक्रियताका साथ भ्रष्‍टाचारका गतिविधिहरु र आयोगको काम कारवाहीको बारेमा जिज्ञासा राख्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारीहरुले मन्तव्य राख्दै भ्रष्‍टाचार विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका सहसचिव काशीराज दाहालले मन्तव्य राख्दै आयोगको कार्यक्षेत्र भित्रका भ्रष्‍टाचारजन्य तथा अनियमितताका गतिविधिमा संलग्नत आयोग भित्र वा बाहिर जहाँसुकै वा जुनसुकै ओहदाका पदाधिकारी तथा कर्मचारीहरुलाई कानूनी कारवाहीमा ल्याउने कुरामा आयोग कटिवद्ध रहको कुरा बताउनु हुँदै आयोगले आफ्नो संस्थागत रणनीति अनुरुप नै प्रवर्द्धनात्मक, निरोधात्मक र दण्डात्मक कार्यहरु तदारुकताका साथ सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।  

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16