माननीय आयुक्त डा. गणेशराज जोशी भ्रष्टाचार विरुद्ध एशिया प्याशिफिक क्षेत्रको दशौं सम्मेलनमा सहभागी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. गणेशराज जोशी र आयोगमा कार्यरत सहसचिव रविलाल पन्थ मिति २०७६ मंसिर १७ देखि मंसिर २० गते (तदनुसार २०१९ डिसेम्वर ३ देखि ६) सम्म भियतनामको राजधानी हनोईमा सञ्चालन भएको भ्रष्टाचार विरुद्ध एशिया प्याशिफिक क्षेत्रको दशौं सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुनुभएको थियो । भियतनाम सरकार, एशियाली विकास बैंक र OECD ले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मेलनमा बंगलादेश, भुटान, कम्बोडिया, भियतनाम, थाइलैण्ड, फिलिपिन्स, काजकस्तान, सिंगापुर लगायत १८ देशका प्रतिनिधि र एशियाली विकास बैंक, जाइका, कोइका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, ट्रान्सपरेन्सी इन्टरनेशनल, OECD सहितका संघ संस्थाहरुको सहभागीता रहेको थियो । Preventing and Combating Corruption in Infrastructure Projects in Asia-Pacific मुख्य शिर्षक रहेको उक्त कार्यक्रममा विभिन्न देश र संघ संस्थाहरुको प्रतिनिधिहरु गरी जम्मा ३८ वटा कार्यपत्र प्रस्तुत भएकोमा नेपालको तर्फबाट माननीय आयुक्त डा. गणेशराज जोशीज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालको तर्फबाट प्रस्तुत भएको कार्यपत्रमा नेपालको पूर्वाधार निर्माणका आयोजनाहरुको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार क्षेत्रका १८४८ वटा आयोजनाहरुमा गरेको अध्ययन, अध्ययन पछि आयोगले गरेको अनुसन्धान, अनुसन्धानबाट भएका प्रगति र भ्रष्टाचार नियन्त्रण गर्न नेपालमा भएका प्रयासहरु समेटिएका थिए । उक्त कार्यपत्रमा प्रस्तुत भएका विषयहरुमाथि आयोजक र सहभागीहरुबाट सकरात्मक टिप्पणी गरिएको थियो । सम्मेलनको क्रममा स्टेरिङ कमिटीको २३ औं बैठक समेत बसी २०१८-२०२० सम्मको कार्यक्रमको समिक्षा भएको थियो भने आगामी रणनीति, योजना र कार्यक्रमहरु माथि छलफल भएको थियो । स्टेरिङ कमिटिबाट सम्पत्ती पुनर्प्राप्ती, सम्पत्ती घोषणा, राजनीतिक भ्रष्टाचार, स्वार्थको द्वन्द, सदाचारीता लेखापरीक्षण लगायत विभिन्न भ्रष्टाचार नियन्त्रणका विषयहरुमा सदस्य राष्ट्रहरुको क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भई सम्पत्ती घोषणा तथा पुनर्पाप्ती, स्वार्थको द्वन्द, अनुसन्धान क्षमता विकास, अभिमुखिकरण कार्यक्रम जस्ता विषयमा केन्द्रित हुनु पर्ने निश्कर्ष निकालिएको थियो। कार्यक्रमको समापन मिति २०७६ मंसिर २० गते भियतनाम सरकारका उपप्रधानमन्त्री, Government Inspectorate General भियतनामका प्रमुख, OECD का उपमहासचिव, ADB का भ्रष्टाचार नियन्त्रण विभागका प्रमुख र UNDP का  Country Representative समेतको उपस्थितिमा भएको थियो । 
 

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16