अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अंग्रेजी | प्रश्नोत्तर | सम्पर्क
मुख्य पृष्ठ | प्रमुख आयुक्त | श्री बेद प्रसाद सिवाकोटी | का०वा०प्र०आयुक्त श्री ललित बहादुर लिम्बु
नयाँ प्रेस बिज्ञप्ति | प्रेस बिज्ञप्ति संग्रह | भ्रष्टाचारका मुद्दाहरु
न्यूजलेटर | समाचार बुलेटिन | ताजा जानकारी | ब्रोसर
अ०दु०अ०आयोग एन | भ्रष्टाचार निवारण एन | अ०दु०अ०आयोग नियमावली | आचार संहिता | अख्तियारको रणनीति | नागरिक बडापत्र
मगंतुराम अग्रवाल | बिनयकुमार गामी | चन्द्रकुमार तामाङ | विजयनाथ भट्टराई | अरुणकुमार रंजितकार | दिलिप कुमार श्रेष्ठ
दृष्य सामाग्री | श्रब्य सामाग्री | लेख, रचना, तथा बिभिन्न शिर्षकहरु
ट्रान्सपरेन्सी ईन्टरनेशनल | एशियाली बिकास बैंक | बिष्व बैंक | ट्रान्सपरेन्सी ईन्टनेशनल नेपाल | नेपाल सरकार | राष्टिय योजन आयोग | लोक सेवा आयोग
subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link

गृह पृष्ठ small logoलोगो

बिल्डिङ

परिचय

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सार्वजानिक पद धारण गरेको ब्यक्तिवाट हुने अख्तियारको अनेक किसिमको दुरुपयोगका कारण हुने श्रृंखलाबद्ध भ्रष्टाचार बिरुद्ध कार्यरत उच्च संबैधानिक निकाय हो । देशको सर्वोच्च कानून नेपालको अन्तरिम संबिधान २०६३ ले आयोगका सम्बन्धमा स्पष्ट ब्यवस्था गरेको छ । आयोगका लागि तोकिएको आधारभुत निर्देशन नै भ्रष्टाचार तथा सार्वजानिक पद धारण गर्ने ब्यक्तिको अनुचित गतिबिधि जस्ता अख्तियार दुरुपयोग सम्बन्धि बिषयमाथि अनुसन्धान गर्ने र अदालतमा मुद्दा चलाउने बिषयमा केन्द्रित छ । यसका लागि आवश्यक अन्य कार्य गर्न पनि आयोगलाइ सशक्त पारिएको छ ।

पृष्ठभूमि

भ्रष्टाचार नियन्त्रण बिष्व समुदायकै लागि एक चुनौतीपूर्ण कार्यको रुपमा रहेको छ । गम्भीर प्रकृतिको यो सामाजिक अपराधलाइ रोकथाम गरी सुशासन कायम गर्ने दिशामा संसारका प्रायः सबै मुलुकहरु लागिपरेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि बिभिन्न मुलुकहरुमा बिभिन्न किसिमका संयन्त्रहरुको गठन भएको पाइन्छ । नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि बिशेषज्ञयता प्राप्त सर्वोच्च संबैधानिक निकायका रुपमा बि‌०सं० २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको हो ।

नेपालको अन्तरिम संबिधान २०६३ को भाग ११, धारा ११९,१२० र १२१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्यवस्था गरी सार्वजानिक पद धारण गरेका पदाधिकारीहरुद्वारा हुने अनुचित कार्य र भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व तोकिएको छ । नेपालको अन्तरिम संबिधान २०६३, अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन २०४८, भ्रष्टाचार निवारण एन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ द्वारा प्रदत्त अधिकार अनुसार आयोगले आफ्नो स्थापना कालदेखि भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा बिभिन्न उपचारात्मक, प्रतिरोधात्मक र प्रवर्द्धनात्मक उपायहरु अवलम्वन गरी मुलुकमा भ्रष्टाचारमुक्त बिधिको शासनको प्रत्याभूति दिन प्रयत्नशील रही आएको छ ।

गठनः
नेपालको अन्तरिम संबिधान, २०६३ को धारा ११९ बमोजिम आयोगमा एक जना प्रमुख आयुक्त र आवश्यक संख्यामा अन्य आयुक्तहरु रहने प्रावधान छ । संबैधानिक परिषदको सिफारिसमा प्रधानमन्त्रीबाट आयोगका प्रमुख आयुक्त तथा अन्य आयुक्तहरुको नियुक्ति हुन्छ । आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुको पदावधि ६ बर्षको हुने र ६५ बर्षको उमेर सम्म बहाल रहन सक्ने तथा सो पदवाट सर्वोच्च अदालतको न्यायाधीस सरह समान आधार र तरीकाले हटाउन सकिने व्यवस्था रहेको छ । आयुक्तहरुको पुनर्नियुक्ति हुन सक्दछ ।

स्क्रिन सेभर
स्क्रिन सेभर डाउनलोड गर्नुहोस

आयोगका लक्ष्यहरुः

- भ्रष्टाचारमुक्त राज्यसंयन्त्रको माध्यमवाट कानूनी राज्य र समृद्ध मुलुक निर्माणमा सहयोग पुर्याउने ।
- अनुचित कार्य वा भ्रष्टाचार बिरुद्धको कारवाहीलाइ समन्वयात्मक एवं सशक्त ढंगले अगाडि बढाइ सुशासन कायम गर्न टेवा पुर्याउने ।
- मुलुकमा जनताले अनुभूत गर्ने गरी भ्रष्टाचारलाइ न्यूनीकरण गर्दै सदाचार पद्धतिको निर्माण गरी राजनीतिक स्थायित्व, आर्थिक बिकास र सामाजिक अनुशासन कायम गर्न सहयोग पुर्याउने ।

काम कर्तब्य तथा अधिकार कुनै सार्वजानिक पद धारण गरेको ब्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियार दुरु।पयोग गरेको सम्बन्धमा कानून बमोजिम अनुसन्धान र तहकिकात गर्ने वा गराउने

कार्य संचालन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही सूचारु रुपले संचालन गर्ने मुख्य कार्यालय यसको सचिवालय हो ।

आयोगको बिशेषता अख्तियार दुरुपयोग अनुसन्धान आयोग सार्वजानिक पदाधिकारीहरुवाट हुने अनुचित कार्य र भ्रष्टाचारको नियन्त्रण गर्ने कार्यमा विशेषज्ञता प्राप्त संबैधानिक निकाय हो । बिगतका केही बर्षहरुमा आयोगको संगठनात्मक संरचनामा सुधार भइ काम गर्ने वातावरण र संस्कृतिको निर्माण भएको छ । यसवाट आयोगको अनुसन्धान र अभियोजन गर्ने दक्षता तथा कार्य क्षमताको बिकास भएको छ ।

अन्य कार्यहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन २०४८ ले आयोगलाइ कानूनी राज्यको अवधारणा अनुरुप सुशासनको स्थापना र सेवामा प्रभावकारिता ल्याउनका लागि आवश्यक हुने केही सुधारात्मक कार्यहरु गर्ने थप दायित्व पनि सुम्पेको छ ।

भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका अन्य मुलुकहरुमा झैं नेपालमा पनि भ्रष्टाचार बिरुद्ध कार्यरत विशेष निकायका रुपमा आयोगले दण्डात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक भूमिका निर्वाह गवरिरहेको छ ।

अधिकार प्रत्यायोजन आयोगको ब्यापक क्षेत्राधिकारको सन्दर्भमा आयोगको प्रशासनिक संरचनालाइ स्थानीय तहमा विस्तार गर्ने सम्बन्धमा दीर्धकालिन सोच रहेको छ ।

गृह पृष्ठ | English | नीतिनियम | सम्पर्क | © २०६४ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमान्डौ, नेपाल । Designed by Zippy Koirala(CIAA)