परिचय
भ्रष्टाचार नियन्त्रण विश्व समुदायकै लागि एक चुनौतीपूर्ण कार्यको रुपमा रहेको छ । गम्भीर प्रकृतिको यो सामाजिक बपराधलाई रोकथाम गरी सुशासन कायम गर्ने दिशामा संसारका प्रायः सवैमुलुकहरु लागि परेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न मुलुकहरुमा विभिन्न किसिमका संयन्त्रहरुको गठन भएको पाईन्छ । नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि विशेषज्ञता प्राप्त सर्वोच्च संवैधानिक निकायका रुपमा वि०सं०२०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको हो ।
नेपालको अन्तरिम संविधान २०६३ को भाग ११ धारा ११९-१२० र १२१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरी सार्वजानिक पदधारण गरेका पदाधिकारीहरुद्वारा हुने अनुचित कार्य र भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व तोकिएको छ । नेपालको अन्तरिम संविधान २०६३ - अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ - भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ द्वारा प्रदत्त अधिकार अनुसार आयोगले आफ्नो स्थापना काल देखी भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा विभिन्न उपचारात्मक - प्रतिरोधात्मक र प्रवर्द्धनात्मक उपायहरु अवलम्वन गरी मुलुकमा भ्रष्टाचारमुक्त विधिको शासनको प्रत्याभूति दिन प्रयत्नशील रही आएको छ ।
आयोगको मूलभूत लक्ष्यः