जलस्रोत तथा सिंचाई बिकास डिभिजनकार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्का शंकास्पद नगद सहित नियन्त्रणमा।


विषय: घुस रकम सहित नियन्त्रणमा ।
-----------------------------------------------------

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले बिभिन्‍न उपभोक्ता समितिहरु तथा अन्य कम्पनिहरू संग घुस रकम लिई बा. १ झ ५२८० नम्बरको सरकारी गाडिमा मिति २०७६।०४।०२ गते काठमाण्डौ आउँदै गरेको भन्‍ने सुचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंबाट खटिई गएको टोलीले उक्त नम्बरको सवारी साधनलाई मिति २०७६।०४।०३ गते जिल्ला भक्तपुर, जगाती भन्‍ने स्थानबाट नियन्त्रणमा लिई कानून बमोजिम खानतलासि गर्दा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीको साथबाट रू.१३,३८,५००।-(रु.तेह्र लाख अठतिस हजार पाँच सय) र सोहि गाडिमा रहेका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहको साथबाट रू.१,२९,१०५।-(एक लाख उन्‍नतिस हजार एक सय पाँच) शंकास्पद नगद फेला परेकोले सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, ईन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्कालाई बा १ झ ५२८० नम्बरको टोयोटा हाईलक्स गाडी सहित मिति २०७६।०४।०३ गते नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको छ।

Download
  

Other Press Release