गोलबजार नगरपालिका, सिरहाका सब-इन्जिनियर उमा श्रेष्ठ घुस रकम सहित नियन्त्रणमा


विषय: घुस रकम सहित नियन्त्रणमा ।
-----------------------------------------------------

गोलबजार नगरपालिका, सिरहाका सब-इन्जिनियर उमा श्रेष्‍ठले शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले निज सब-इन्जिनियर उमा श्रेष्‍ठलाई सेवाग्राहीसँग रू.५०,०००।–(पचास हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा गोलबजार नगरपालिका वडा नं. ७ पुरानो चोहर्वा बसपार्क स्थित अशोक साहको होटलबाट मिति २०७६।०४।०३ गते उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download