कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेत घुस रकम सहित नियन्त्रणमा लिइएको ।


विषय: घुस रकम सहित नियन्त्रणमा ।
-----------------------------------------------------

कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेतले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिइ गएको टोलीले निजहरू इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेतलाई रू.१५,००,०००/- (पन्ध्र लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा नं. १ बाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download