प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापा घुस रकम सहित नियन्त्रणमा ।


विषय: घुस रकम सहित नियन्त्रणमा ।
-----------------------------------------------------

प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापाले सेवाग्राहीहरूको हार्डवेयरका सामानहरू बिक्री बितरणको लागि सहज बनाइदिने भनि घुस रिसवत माग गरी पटक पटक दु:ख हैरानी दिई व्यवसायमा कठिनाई पुर्‍याएको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापालाई सेवाग्राहीसँग रू.३,५००।–(तीन हजार पाँच सय) घुस वापतको रकम लिइसकेको अवस्थामा जिल्ला रूपन्देही ओमसतिया गाउँपालिका वडा नं.४ स्थित रेष्‍टुरेन्टबाट उक्त रकम सहित मिति २०७६।०४।०५ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download