अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाल घुस रकम सहित नियन्त्रणमा ।


विषय: घुस रकम सहित नियन्त्रणमा ।
-----------------------------------------------------

अस्थायी ट्राफिक प्रहरी पोष्‍ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवालले 
काँकडभिट्टा-काठमाडौं चल्ने गाडी संचालनमा सहजता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज प्रहरी जवान भरत कटुवाललाई सेवाग्राहीसँग रू.५,०००।–(पाँच हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा इटहरी उपमहानगरपालिका वडा नं. ५ स्थित पूर्व–पश्‍चिम सडकको दक्षिण किनाराबाट उक्त रकम सहित मिति २०७६।०४।०६ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download
  

Other Press Release