घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार (प्रा.) पुष्कर अधिकारी घुस रकम सहित नियन्त्रणमा ।


विषय: घुस रकम सहित नियन्त्रणमा ।
-----------------------------------------------------

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार (प्रा.) पुष्कर अधिकारीले होटल ब्यवसाय दर्ता गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्‍ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाबाट खटिई गएको टोलीले निज खरिदार (प्रा.) पुष्कर अधिकारीलाई सेवाग्राहीसँग रू.४,०००।–(चार हजार) घुस लिँदै गर्दाको अवस्थामा नियन्त्रणमा लिईएको साथै निजले अन्य सेवाग्राहीबाट घुस लिएको रकम समेत निजको क्वाटरमा राखेको भन्‍ने समेत जानकारीको आधारमा निजको कोठा खानतलासी गर्दा अरू सेवाग्राहीसँग घुसबापत लिएको अन्य रकम सहित जम्मा रकम रु.७३,९५०।–(त्रिहत्तर हजार नौ सय पचास) कानून बमोजिम बरामद गरी जिल्ला प्रशासन कार्यालय दोलखाको च.नं.६६, मिति २०७६।०४।०८ गतेको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकम सहित दाखिला हुन आएको हुँदा सो सम्बन्धमा निज पुष्कर अधिकारीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download