नापी कार्यालय ईनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार घुस रकम सहित नियन्त्रणमा ।


विषय: घुस रकम सहित नियन्त्रणमा । 
----------------------------------------------------

नापी कार्यालय ईनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदारले जग्गाको नक्सा सुदार गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निजहरू सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदारलाई सेवाग्राहीसँग रू.११,०००।– (एघार हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित ईनरूवा नगरपालिका वार्ड नं.३ मा रहेको लेखापढी व्यवसायी राम नारायण पोदारको लेखापढी गर्ने घुम्ती अगाडीबाट मिति २०७६।०४।१४ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download