जिल्ला ट्राफिक कार्यालय, काभ्रेका प्रहरी हवल्दार रामहरी मानन्धर समेत ५ जना घुस रकम सहित नियन्त्रणमा ।


विषय: घुस रकम सहित नियन्त्रणमा । 
----------------------------------------------------

मेलम्ची देखी काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने हिगुवापाटी ट्राफिक पोष्‍ट, पाँचखाल ट्राफिक पोष्‍ट, पाँचखाल मोटरसाईकल गस्ती र बनेपा ट्राफिक पोष्‍ट समेतका कर्मचारीहरूले नदिजन्य पदार्थ ढुवानी गरे वापत विभिन्‍न बहाना गरी प्रत्येक टिप्परले एक देखी दुईहजार दिनुपर्ने भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले हिगुवापाटी ट्राफिक पोष्‍टमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराईले रू.२,०००।– घुस रिसवत लिएको अवस्थामा प्रहरी चौकी हिगुवापाटीको बिटबाट, प्रहरी चौकी पाँचखालको मोटरसाईकल गस्ती गर्ने प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञान बहादुर लामगादेले रू.२,०००।–घुस रिसवत लिएको अवस्थामा प्रहरी चौकी पाँचखाल स्थित ठुलोछहरोबाट र बनेपा ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान हरिचन्द्र बाँनिया र प्रहरी हवल्दार रामहरी मानन्धरले रू.२०००।–घुस रिसवत लिएको अवस्थामा जिल्ला ट्राफिक कार्यालय, काभ्रे अगाडिबाट समेत गरी जम्मा रू.६,०००।–(छ हजार) घुस रिसवत लिएको अवस्थामा मिति २०७६।०४।१६ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download
  

Other Press Release