मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डे घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२० गते ।
------------------------------------------
मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डे घुस रकम सहित नियन्त्रणमा ।
---------------------------------
मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निजहरू नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डेलाई सेवाग्राहीसँग रू.८,०००।–(आठ हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा लम्की चुहा नगरपालिका वडा नं.३ ब्यवस्थित नगरबाट मिति २०७६।०४।१९ गते उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download