साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलसमेत ११ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२३ गते ।
--------------------------------------------  
साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलसमेत ११ जना उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------------------
सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. वडा नं. ७ घुइयावारीस्थित श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयको भवन निर्माणका लागि गठित उपभोक्ता समितिले जिल्ला विकास समितिको कार्यालय, सल्यानबाट र काप्रेचौर गा.वि.स.बाट प्राप्त रकम भवन निर्माण नगरी हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल, लेखा अधिकृत राम कुमार पौड्याल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब-इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी., काप्रेचौर गा.वि.स. का सचिव टेक बहादुर डाँगी (क्षेत्री), तथा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका निमित्त प्रधानाध्यापक खल बहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी बि.क. लगायतका सम्बन्धमा अनुसन्धान हुँदा साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल र लेखा अधिकृत राम कुमार पौड्यालले रु.५,२२,५००।- को झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरी भुक्तानी गरेको र साविक काप्रेचौर गा.वि.स. का तत्कालीन सचिव टेक बहादुर डाँगी (क्षेत्री) ले रु.४,००,०००।- को झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरी भुक्तानी गरेको हुँदा साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल र लेखा अधिकृत राम कुमार पौड्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले निजहरुलाई जनही रु.४,६४,१६१।२५ को बिगो कायम गरी सोही ऐनको दफा ८ (१) बमोजिम सजाय हुन माग दावी लिइएको ।
 इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब-इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी.ले झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरेकोले भ्रष्टाचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले सब-इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी.लाई जनही रु.८,४७,०००।- को बिगो कायम गरी सोही ऐनको दफा ८ (१) बमोजिम सजाय हुन माग दावी लिइएको । इन्जिनियर गज्जुबाबु श्रेष्ठको निधन भइसकेकोले निजको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) बमोजिम बिगो असुल हुन माग दावी लिएको । 
काप्रेचौर गा.वि.स. का सचिव टेक बहादुर डाँगी (क्षेत्री), नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका निमित्त प्रधानाध्यापक खल बहादुर चलाउने क्षेत्रीले झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरेकोले भ्रष्टाचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले निजहरुलाई जनही रु.३,५५,३३८।७५को बिगो कायम गरी सोही ऐनको दफा ८ (१) बमोजिम सजाय हुन माग दावी लिइएको । 
उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी बि.क. ले झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरीभ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले निजहरुलाई जनही रु.८,४७,०००।- को बिगो कायम गरी सोही ऐनको दफा ८ (४) बमोजिम सजाय हुन माग दावी लिई उपरोक्त  ११ जना प्रतिवादीहरुलाई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18
ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18