तत्कालीन बदालकोट गा.वि.स. सचिव पदमा कार्यरत हाल जिल्ला दैलेख, भैरवी गाउँपालिका वडा नं. ३ को वडा सचिव (खरिदार) गणेश प्रसाद रिजाल समेत २ जना उपर आरोप-पत्र दायर गरिएको।


प्रेस विज्ञप्ति:-मिति २०७६।०४।२४ गते  ।
-------------------------------------------- 
तत्कालीन बदालकोट गा.वि.स. सचिव पदमा कार्यरत हाल जिल्ला दैलेख, भैरवी गाउँपालिका वडा नं. ३ को वडा सचिव (खरिदार) गणेश प्रसाद रिजाल समेत २ जना उपर आरोप-पत्र दायर गरिएको।
------------------------------------------------------------------------------------------
नेपाल सरकारले सशस्त्र द्वन्द्वको समयमा बेपत्ता तथा ज्यान गुमाएका परिवारलाई राहतस्वरूप द्बन्दपीडितहरूलाई उपलब्ध गराएको राहत रकम जिल्ला कालिकोट साबिक बदालकोट गा.वि.स. वडा नं. २ हाल खाँडाचक्र नगरपालिका वडा नं. ११ बस्ने कुल बहादुर शाहीले एउटै व्यक्ति निजको छोरी किस्मता कुमारी शाहीको विगत द्वन्द्वकालमा मृत्यु भएकोमा फरकफरक नामबाट सिफारिस बनाई किस्मता कुमारी शाहीको हकमा मृतक र सुनिता शाहीको हकमा बेपत्तासमेत भनी राज्यको दोहोरो राहत रकम भुक्तानी लिई नेपाल सरकारको रकम हिनामिना तथा दुरुपयोग गरेकोले भन्ने समेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरी तत्कालीन अवस्थामा बदालकोट गा.वि.स. सचिव पदमा कार्यरत हाल जिल्ला दैलेख, भैरवी गाउँपालिका वडा नं. ३ को वडा सचिव (खरिदार) गणेश प्रसाद रिजाल र कुल बहादुर शाही विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 
 
आफ्नो पदको दुरुपयोग गरी बुझ्न सकिने विवरणसमेत नबुझी सरकारी कामको संवेदनशीलतालाई नजरअन्दाज गरी हुँदै नभएको मानिस सुनिता शाहीको नाममा किर्ते/झुट्टा नाता प्रमाणित प्रमाणपत्र तथा राहत रकम उपलब्ध गराइदिनु भन्ने किटानी सिफारिससमेत जारी गरी गलत लिखत/कागजात बनाईदिएको र प्रतिवादीमध्येका कुल बहादुर शाहीले सोही आधारमा आफ्नी एकमात्र छोरीको द्वन्द्वकालमा मृत्यु भएकोमा दुईवटा हुन् भनी फरकफरक नामबाट मृतक र बेपत्ता भएतर्फ समेत दोहोरो राहत रकम भुक्तानी लिई निज प्रतिवादी गणेश प्रसाद रिजालको संलग्नतामा बेपत्ता भएको भनी सुनिता शाहीको हकतर्फ बुझिलिएको रु.१०,००,०००।– (दस लाख) नेपाल सरकारको रकम खाइमासी दुरुपयोग तथा हिनामिना गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि भएकोले निज प्रतिवादी राष्ट्रसेवक गणेश प्रसाद रिजालले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा १७ बमोजिमको कसुर गरेको देखिंदा निजलाई सोही ऐनको दफा ९ बमोजिम जरिवाना तथा कैद सजाय हुनका साथै सोही ऐनको दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम नेपाल सरकारलाई हानिनोक्सानी भएको विगो रु.१०,००,०००।– (दस लाख) समेत असुलउपर हुन समेत मागदावी लिइएको छ ।
 
प्रतिवादी कुल बहादुर शाहीले गा.वि.स.का सचिव (खरिदार) राष्ट्रसेवक प्रतिवादी गणेश प्रसाद रिजालसँग मिलेमतोगरी नेपाल सरकारलाई नोक्सानी तथा आफुलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतले आफ्नी एकमात्र छोरीको द्वन्द्वकालमा मृत्यु भएकोमा दुईवटा हुन् भनी फरकफरक नामबाट मृतक र बेपत्ता भएतर्फ समेत दोहोरो राहत रकम बुझिलिएको देखिंदा बेपत्ता भएको भनी सुनिता शाहीको हकतर्फ बुझिलिएको रु.१०,००,०००।– (दस लाख) नेपाल सरकारको रकम खाईमासी दुरुपयोग तथा हिनामिना गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि भएकोले निज प्रतिवादी कुलबहादुर शाहीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिंदा निजले नेपाल सरकारको विगो रु.१० लाख रकम खाई मासेको देखिँदा निजको हकमा रु.१०,००,०००।– (दस लाख) विगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) मा उल्लेख भएबमोजिम सजाय गरी खाई मासेको उक्त विगो असुल गरी जफत हुन समेतको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21