गोलबजार नगरपालिका, सिरहाका इन्जिनियर जगदिश प्रसाद साह र सब-इन्जिनियर उमा श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२७ गते
------------------------------------------- 
गोलबजार नगरपालिका, सिरहाका इन्जिनियर जगदिश प्रसाद साह र सब-इन्जिनियर उमा श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको ।
----------------

गोलबजार नगरपालिका, सिरहाका इन्जिनियर जगदिश प्रसाद साह र सब-इन्जिनियर उमा श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौमा आरोप-पत्र दायर गरिएको छ ।
गोलबजार नगरपालिका, सिरहाका सब-इन्जिनियर उमा श्रेष्ठले विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले निज सब-इन्जिनियर उमा श्रेष्ठलाई सेवाग्राहीसँग रू.५०,०००।–(पचास हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट जिल्ला सिरहा, गोलबजार नगरपालिका स्थित विद्यालयको शौचालय निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि बिल भरपाई पेश गर्दा उक्त नगरपालिकाका इन्जिनियर जगदिश प्रसाद साहको निर्देशन, सल्लाह र सहमतिमा सव-इन्जिनियर उमा श्रेष्ठले सेवाग्राहीसँग रू. ५०,०००।–(पचास हजार) माग गरी घुस/ रिसवतबापत लिएको देखिन आएकोले निज सव-इन्जिनियर उमा श्रेष्ठ र इन्जिनियर जगदिश प्रसाद साहबीचको मिलेमतोमा इन्जिनियर उमा श्रेष्ठले सेवाग्राहीसँग घुस/ रिसवत लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजहरूलाई जनही बिगो रू.५०,०००।–(पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10