डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२७ गते
------------------------------------------- 
डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------------------------------------------------------------------------------------------------------

डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
निज कम्प्युटर अपरेटर प्रकाश पौडेल र Wild Strong Consultancy का सुमित शाहीले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निजहरू प्रकाश पौडेल र सुमित शाहीलाई सेवाग्राहीसँग रू.१,७५,०००।–(एक लाख पचहत्तर हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट निज प्रकाश पौडेलले सेवाग्राहीसँग सडकखण्ड स्तरोन्नति आयोजनाको कार्यसम्पन्न अन्तिम बिल भुक्तानी प्रयोजनको लागि ठेक्का साइनिङबापत र अफिस मिलाउनको लागि भनी सेवाग्राहीको काम नै नगरी आलटाल गरी घुस रिसवत दिन बाध्य पारी रू. १,७५,०००।–(एक लाख पचहत्तर हजार) घुस /रिसवत रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले निज प्रकाश पौडेललाई बिगो रू.१,७५,०००।–(एक लाख पचहत्तर हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
साथै सोही समयमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका सुमित शाहीले सेवाग्राहीले प्रकाश पौडेललाई दिएको घुस/रिसवत रकम रू.१,७५,०००।–(एक लाख पचहत्तर हजार) राखी दिई निजबाट सो रकम बरामद भई निजसमेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गर्न मतियारको कसुर गरे तापनि निज घुस/रिसवत भ्रष्टाचार कसुरमा प्रत्यक्ष संलग्न नरहेको र निज प्रकाश पौडेलले सेवाग्राहीसँग घुस रिसवत लिएको बखतको प्रत्यक्षदर्शीको रूपमा रहेको तथा निजले अनुसन्धानको क्रममा सम्पूर्ण व्यहोरा खुलाई अनुसन्धानमा सघाएको देखिंदा निज सुमित शाहीलाई सजायको मागदावीमा पूर्ण छुट दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम आयोगको साक्षीको रूपमा पेश गरिएको ।  

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21