राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०१ गते ।
----------------------------------------------------- 
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ताले सेवाग्राहीसँग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकुबाट कोटेशन मार्फत स्वास्थ्य सन्देशमूलक कार्यक्रम उत्पादन तथा प्रचारप्रसार गर्न दिई कार्य सम्पन्न गरी भुक्तानि गरे पश्चात कमिशन बापत घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज जनस्वास्थ्य अधिकृत राम अवतार गुप्तालाई सेवाग्राहीसँग रू.१,००,०००।–(अक्षरुपी एक लाख) घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा प्रमाण र कागजातहरूबाट निज राम अवतार गुप्ताले सेवाग्राहीसँग आफूमार्फत भएको कामको कमिशनस्वरूप भनी रू.१,००,०००।– (एक लाख) घुस/रिसवत लिएको र स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा.भक्तबहादुर के.सी.ले आफू शाखा प्रमुख भएको हैसियतमा आफ्नो शाखाबाट भएको कामको आफ्नै प्रत्यक्ष मातहतमा रहेको कर्मचारीले घुस /रिसवत माग गरेको जानकारी हुँदाहुँदै सो कार्य रोक्नुपर्नेमा सेवाग्राहीसँग आफैंले रकम माग गरेको पाइएको र निज राम अवतार गुप्ताले घुस रकम लिई निज डा.भक्त बहादुर के.सी.समेतले मिलेमतो गरी लिने खाने तथ्य पुष्टि हुन आएकोले निजहरू जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता र डा. भक्त बहादुर के.सी.ले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) बमोजिमको कसुर भएको हुँदा निजहरूलाई जनही बिगो रू.१,००,०००।– (एक लाख ) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14