महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देबेन्द्र बलायर समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०२ गते
------------------------------------------
महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देबेन्द्र बलायर समेतले सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग  विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ,टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी जवान देबेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल, प्रहरी जवान निरज भण्डारी र प्रहरी जवान हिटलर साउदलाई सेवाग्राहीसँग रू.१,००,०००।– (अक्षरुपी एक लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा प्रतिवादीहरू प्रहरी जवान देवेन्द्र बहादुर बलायर, प्रहरी जवान हिटलर साउद र प्रहरी जवान लोकेन्द्र थापा समेतलको प्रत्यक्ष संलग्नता एवं एक आपसमा मिलेमतो गरी दुर्घटना सिफारिस दिए बापत सेवाग्राहीसँग रू १,००,०००।–(एक लाख ) घुस /रिसवत रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजहरू देवेन्द्र बहादुर बलायर, हिटलर साउद र लोकेन्द्र थापालाई जनही बिगो रू .१,००,०००( एक लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

साथै निज प्रहरी जवान देवेन्द्र बलायरसँगै नियन्त्रणमा लिइएका प्रहरी जवान आकाश खनाल र निरज भण्डारीको घुस रिसवत लिने कार्यमा प्रत्यक्ष संलग्नता रहे भएको नदेखिएता पनि निजहरूले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियार  हुने कार्य गरेको देखीएतापनि घटनाको सम्पूर्ण तथ्य खुलाई अनुसन्धानको काम कारवाहीमा सहयोग गरेको हुँदा निजहरूको हकमा हाल मुद्दा नचलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१५) र भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम सजायको मागदावीमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा पेश गर्ने ।


प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14