भक्तपुर नगरपालिका वडा नं.-१ बस्ने गंगालाल श्रेष्ठ घुस दिन ल्याइएको रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।०५ गते
----------------------------------------

सुर्यबिनायक नगरपालिका वडा नं.-५ सल्लाघारीमा गंगालाल श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्तिहरू समेतलाई नियन्त्रणमा लिई मुद्दा चलाएकोमा निज गंगालाल श्रेष्ठ धरौटीमा छुटी पुन: जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिनु  पर्‍यो भनि रू.४०,०००।–(चालीस हजार) घुस रिसवत दिन्छु भनी प्रहरी कर्मचारीलाई प्रलोभन देखाएको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले भक्तपुर नगरपालिका वडा नं.-१ बस्ने निज गंगालाल श्रेष्ठलाई लाई प्रहरी कर्मचारीलाई रू.४०,०००।– (चालीस हजार) घुस रिसवत दिन खोज्ने क्रममा  महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download