बाँसगढी सब डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिल कुमार गुप्ता घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति- मिति २०७६।०५।०६ गते
-----------------------------------------
बाँसगढी सब डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिल कुमार गुप्ताले उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरे बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत अनिल कुमार गुप्तालाई रू.१०,०००/- (अक्षरुपी दश हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नं. ७ देउडाकला बर्दियाबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

 

Image File
  

Other Press Release