डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र निर्माण व्यवसायी ऋषी गौतम उपर आरोपपत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१३ गते ।
-----------------------------------------------

डिभिजन सडक कार्यालय, पोखरा अन्तर्गत सडक स्तरोन्नतीका लागि सम्झौता भई काम सुरू गर्नका लागि पेश्की निकासा गरे बापत जी.एस.आर. निर्माण सेवा, पोखराका प्रोपाइटर र डिभिजन सडक कार्यालयका कर्मचारी बीच घुस/रिसवत लिने/दिने भ्रष्टाचारजन्य कार्य भइरहेको भन्‍ने गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीद्वारा दुई पक्षबीच लेनदेन भइसकेको अवस्थामा घुस रिसवत वापतको रकम रू.९,००,०००।– (नौ लाख रूपैयाँ) सहित उक्त डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा तथा घुस बापतको रकम दिए लगत्तै उक्त डिभिजन सडकको सरकारी निवासबाट फरार भएका जी.एस.आर. निर्माण सेवाका प्रोपाइटर ऋषि गौतमलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निज हरिकुमार पोखरेल र पवित्रमणि आचार्यले एक आपसमा मिलेमतो गरी सडक स्तरोन्नतिको लागि मोविलाईजेसन पेश्की दिएबापत निर्माण व्यवसायी ऋषी गौतमबाट रू.७,००,०००।– (सात लाख) घुस/रिसवत लिइ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा निजहरू हरिकुमार पोखरेल र पवित्रमणि आचार्यलाई बिगो रू.७,००,०००।–(सात लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (ङ) बमोजिम सजाय हुन र निज निर्माण व्यवसायी ऋषी गौतमले सडक स्तरोन्नतिको लागि मोविलाईजेसन पेश्की लिएबापत रू.७,००,०००।–(सात लाख) घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) को कसुर अपराध गरेको देखिंदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय गरी बरामद भएको उक्त रू.७,००,०००।-(सात लाख) सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

साथै कार्यालय प्रमुख हरिकुमार पोखरेलको झोलाबाट बरामद भएको स्रोत नखुलेको रू.२,००,०००/- (दुइ लाख) का सम्बन्धमा थप अनुसन्धान गर्ने तथा कार्यालय सहयोगीद्वय सन्देश लम्साल र शिवराम शर्माको उक्त रकम लेनदेन गर्ने कार्यमा प्रत्यक्ष संलग्नता रहेको नदेखिएतापनि कार्यालय प्रमुख समेतको निर्देशनमा रकम रहेका झोलाहरू लुकाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियार हुने कार्य गरेको देखिए पनि अनुसन्धानको क्रममा सहयोग गरेको देखिएकोले  भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम हाललाई सजायको मागदावीमा पूर्ण रूपमा छुट दिई आयोगको साक्षीको रूपमा पेश गर्ने निर्णय समेत भएको छ।


प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21