राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रूपन्देहीका अनुसन्धान सहायक विरेन्द्र प्रसाद पाण्डे उपर आरोप-पत्र दायर गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१७ गते ।
--------------------------------------------

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रूपन्देहीका अनुसन्धान सहायक विरेन्द्र पाण्डेले पटक पटक फोन गरी सेवाग्राहीले भारतबाट घरायसी प्रयोजनका सामानहरू ल्याउने क्रममा मासिकरूपमा रकम नदिए सामान जफत गरी थुनी दिने भनी डरधम्की देखाई घुस/रिसवत माग गरी रहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले विरेन्द्र पाण्डे भन्ने विरेन्द्र प्रसाद पाण्डे र विरेन्द्र बर्मालाई घुस रिसवत सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो  ।

अनुसन्धानको क्रममा भारततर्फबाट घरायसी प्रयोजनका सामानहरू ल्याउने गरेकोमा उक्त सामानहरू जफत गरी पक्राउ गराउन सकिने भनी पक्राउ नगर्न नगराउनका लागि निज अनुसन्धान सहायक विरेन्द्र प्रसाद पाण्डेले जिल्ला रूपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकमा फलफूल पसल गरी बस्ने विरेन्द्र बर्मालाई सेवाग्राहीबाट आफ्ना लागि रू.३,०००/- (तीन हजार) घुस/रिसवत लिन लगाएको तथ्य पुष्टी भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज विरेन्द्र प्रसाद पाण्डेलाई बिगो रू. रू.३,०००/- (तीन हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

साथै फलफूल पसले विरेन्द्र बर्माले अनुसन्धान सहायक विरेन्द्र प्रसाद पाण्डेका लागि सेवाग्राहीबाट घुस/रिसवतको रकम लिई उक्त रकम निजबाटै बरामद भएको अवस्था रहेको देखिन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मतियार हुने कार्य गरेकोमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम हुने सजायको मागदावी लिनुपर्ने देखिए तापनि निज पक्राउ परेपश्चात उक्त घुस लेनदेन सम्बन्धमा भएको यथार्थ व्यहोरा खुलाई अनुसन्धानमा सहयोग पुर्‍याएको आधार र कारणबाट निज विरेन्द्र बर्मालाई ऐ. ऐनको दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई आयोगको साक्षीका रूपमा पेश गर्ने।

प्रवक्ता
प्रदीपकुमार कोइराल

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10