राष्ट्रिय वाणिज्य बैंक लि. शाखा कार्यालय चरिकोटका तत्कालीन शाखा प्रवन्धक टिका प्रसाद दुलालसमेत ६ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१९ गते ।
------------------------------------------ 

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौं अन्तर्गत बोलपत्र आह्वान भई निर्माण व्यवसायी सोवर्ण/ब्रम्हायणी जे.भी.सगँ ठेक्का सम्झौता भएको कपन स्वास्थ्य चौकी भवन निर्माणको शुरू ठेक्का अवधि समाप्त भएपश्चात पनि सम्पन्न हुन नसकी रूग्ण अवस्थामा रहेको भन्ने समेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा सम्लग्न रहेका देहाय बमोजिमका व्यक्तिहरूबाट भ्रष्टाचार गरेको वारदात स्थापित हुन आएको हुँदा देहायबमोजिमका व्यक्तिहरू उपर  देहायबमोजिम सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

राष्ट्रिय बाणिज्य बैंक लि. शाखा कार्यालय चरिकोटका तत्कालीन शाखा प्रवन्धक टिका प्रसाद दुलालले निर्माण व्यवसायी सोवर्ण/ब्रम्हायणी जे.भी.ले बैंकसँग विड वण्ड कारोबार गर्दा बैंकमा कुनै सुरक्षण नराखेको तथा विड वण्ड रू.६,१०,०००।- बराबरको १००%  मार्जिन खातासमेत नखोलेको अवस्थामा निर्माण व्यवसायीसँगको मिलेमतोमा बैंकको प्रचलित नियम कानूनको परिपालना नगरी विड वण्ड जारी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १७ अनुसार कसुर गरेको पुष्टि हुन आएकोले निजलाई विगो रू.६,१०,०००।–(छ लाख दस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ.को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को खण्ड (ङ) बमोजिम सजाय गरी हिनामिना भएको रू.६,१०,०००।– ( छ लाख दस हजार) ऐ.को दफा १७ अनुसार निज प्रतिवादी टिका प्रसाद दुलालबाट असुलउपर हुन मागदावी लिइएको ।

राष्ट्रिय वाणिज्य बैंक लि., शाखा कार्यालय, चरिकोटका तत्कालीन सहायक प्रवन्धक नवराज खत्री तथा कर्जा इन्चार्ज श्री प्रल्हाद खड्काले निर्माण व्यवसायी सोवर्ण/ब्रम्हायणी जे.भी.ले बैंकसँग विड वण्ड कारोबार गर्दा बैंकमा कुनै सुरक्षण नराखेको तथा विड वण्ड रु.६,१०,०००।– बराबरको १००% मार्जिन खाता नखोलेको तथा परफरमेन्स वण्ड रु.८,७१,०००।–बराबरको १००% मार्जिन खातासमेत नखोलेको अवस्थामा निर्माण व्यवसायीसँगको मिलोमतोमा बैंकको प्रचलित नियम कानूनको परिपालना नगरी विड वण्ड तथा परफरमेन्स वण्ड जारी गरेकोले निज प्रतिवादी नवराज खत्री तथा प्रल्हाद खड्कालाई जम्मा रु.१४,८१,०००।– बराबर विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ.को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को खण्ड (च) बमोजिम सजाय गरी हिनामिना भएको रु.१४,८१,०००।– ऐ. को दफा १७ अनुसार निजहरूबाट असुलउपर हुन मागदावी लिइएको ।

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौंका तत्कालीन डिभिजन प्रमुख इ.बुद्धि सागर थापाले उक्त ठेक्काको बदनियतपूर्वक निर्माण व्यवसायीसँगको मिलोमतोमा सम्झौता गरी डिभिजन प्रमुखको हैसियतमा ठेक्का सम्झौता भएको १० महिनाभन्दा बढी अवधिसम्म निर्माण कार्य शुरु गर्न चाहिने बीमा नै निर्माण व्यवसायीसँग नगराएको समयमै निर्माण व्यवसायीलाई कार्यादेश नबुझाएको, कार्यादेशमा उल्लेख गरेको Work Schedule र स्पेसिफिकेसनअनुसारको Quality Assurance Plan (QAP) पेश गर्न नलगाएको, निर्माण कार्य सूचारु गर्नेतर्फ कुनै चासो नदेखाई निर्माण व्यावसायीको लापरवाहीहरूमा उदासीन देखिएकोले सम्झौता गर्दाको नक्कली परफरमेन्स वण्डको रु.८,७१,०००/- तथा उक्त आयोजनाको कन्टिन्जेन्सीबाट भएको पूर्णरूपमा अनुत्पादक खर्च रु.२,५६,४४०।– गरी जम्मा रु.११,२७,४४०।– बदनियत गरी हानिनोक्सानी गरेकोले निज बुद्धि सागर थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई रु.११,२७,४४०।– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ.को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को खण्ड (च) बमोजिम सजाय गरी हिनामिना भएको रु.११,२७,४४०।– ऐ. को दफा १७ अनुसार निज प्रतिवादी बुद्धि सागर थापाबाट असुलउपर हुन मागदावी लिइएको ।

ब्रम्हायणी निर्माण सेवाको मेनेजिङ्ग डाइरेक्टर श्री उमेश कुमार भण्डारी र सोवर्ण निर्माण सेवाका प्रोपाइटर श्री अर्जुन वहादुर थापाले निर्माण व्यवसायी सोवर्ण/ब्रम्हायणी जे.भी.ले बैंकका कर्मचारीहरूसँगको मिलोमतोमा नक्कली बैंक जमानतहरू प्राप्त गरेको, नक्कली बैंक जमानतहरूको आधारमा ठेक्का प्राप्त गरी सम्झौतासमेत गरेको, सम्झौतापछि ढिलो गरी कार्यादेश बुझेको, Insurance, Work Schedule र स्पेसिफिकेसनअनुसारको Quality Assurance Plan (QAP) नबुझाई निर्माण कार्य नै संचालन नगरेको र सम्झौताको शर्तहरूविपरीत निर्माण सम्पन्न हुने मिति समाप्त भएपछि नयाँ कार्यादेश र पूर्ण अवधि म्याद थपेमा मात्र निर्माण कार्य गर्ने र यदि मूल्य वृद्धि नपाएमा निर्माण कार्य नगर्ने भन्ने गैरजिम्मेवारपूर्ण कुराहरू गरेको देखिंदा सम्झौताबमोजिमको शर्तहरू उल्लघनसमेत गरेको पुष्टि हुन आएकोले निजहरू अर्जुन बहादुर थापा र उमेश कुमार भण्डारीलाई विड वण्डको रु.६,१०,०००।–, परफरमेन्स वण्डको रु.८,७१,०००।– तथा सम्झौता रकमको १० प्रतिशत पूर्व निर्धारित क्षतिपूर्ति रु.१५,४१,१००।– गरी जम्मा रु.३०,२२,१००।– विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिमको कसुरमा ऐ. ऐनको दफा ८ को उपदफा (४) अनुसार सजाय गरी हानिनोक्सानी भएको विगो असुल गरी जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12