काठमाडौं महानगरपालिका -६ नम्वर वडा कार्यालयका कार्यालय सहयोगी श्याम कुमार कार्की र शिक्षक खेन्चे दोजै तामाङ घुस रकम सहित नियन्त्रनमा ।


प्रेस विज्ञप्ति- मिति २०७६।०५।१९ गते
---------------------------------------
काठमाडौं महानगरपालिका वडा नं.-६ तिनचुली बौद्ध बस्ने खेन्चे दोजै तामाङ भौतिक संरचना र जग्गाको कर तिर्नका लागि काठमाडौं महानगरपालिका -६ नम्वर वडा कार्यालयमा गएकोमा निजले सो वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी श्याम कुमार कार्कीलाई रू.१,५००।–(पन्ध्र सय ) घुस /रिसवत दिई काम गराएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरू श्याम कुमार कार्की र खेन्चे दोजै तामाङलाई घुस रकम लेनदेन गर्दाको अवस्थामा उक्त रकम सहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download