सुर्यविनायक नगरपालिका वडा नं.-५ सल्लाघारीका गंगालाल श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।२० गते ।
------------------------------------------
सुर्यविनायक नगरपालिका वडा नं.-५ सल्लाघारीमा गंगालाल श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्तिहरू समेतलाई नियन्त्रणमा लिई मुद्दा चलाएकोमा निज गंगालाल श्रेष्ठ धरौटीमा छुटी पुन: जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिनु  पर्‍यो भनि घुस रिसवत दिन्छु भनी प्रहरी कर्मचारीलाई प्रलोभन देखाएको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले भक्तपुर नगरपालिका वडा नं.-१ बस्ने निज गंगालाल श्रेष्ठलाई प्रहरी कर्मचारीलाई रू.४०,०००।– (चालीस हजार) घुस रिसवत दिन खोज्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा राष्ट्रसेवक प्रहरी कर्मचारीलाई जुवा/तास खेल्न, खेलाउन सहज वातावरण बनाईदिन भनी घुस/रिसवतबापत दिएको देखिन आएकोले निज गंगालाल श्रेष्ठको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई बिगो रू.४०,०००।– (चालीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय गरी घुस/रिसवतबापत दिएको रकम बिगो रू.४०,०००।– (चालीस हजार) ऐनको दफा ३ को उपदफा (१) बमोजिम जपत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21