बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी (सहजकर्ता ) केदार प्रसाद न्यौपाने घुस रकम सहिन नियन्त्रणमा


प्रेस विज्ञप्ति :-मिति २०७६।०५।२२ गते
-----------------------------------------------
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौका नायव सुब्बा पुरूषोत्तम पोखरेलले सहजकर्ता (कर सहयोगी) केदारप्रसाद न्यौपानेबाट पूजी बृद्धि तथा शाखा विस्तारको लागि रू.१,०००।–(एक हजार) घुस रिसवत रकम लिदै दिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरू नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी (सहजकर्ता ) केदार प्रसाद न्यौपानेलाई बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाडौको कार्यालय परिसरबाट उक्त घुस रकम सहित मिति २०७६।०५।२० गते नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

    प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release