जिल्ला अदालत सिराहाका हलुका सवारी चालक (करार) बृज मोहन यादव घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।२६ गते
-----------------------------------------

जिल्ला अदालत सिराहाका हलुका सवारी चालक(करार) बृज मोहन यादवले अदालतमा विचाराधिन लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज हलुका सवारी चालक ( करार) बृज मोहन यादवलाई सेवाग्राहीसँग रू.१,१०,०००।–(एक लाख दश हजार ) घुस वापतको रकम लिइसकेको अवस्थामा सिराहा नगरपालिका वडा नं.-७ हस्पिटल चोक स्थित खडग होटलबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download