जिल्ला पर्सा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापरसमेत ५ जना घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।२८ गते
-----------------------------------------
जिल्ला पर्सा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीले करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत रकम माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निजहरू प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीलाई सेवाग्राहीसँग रू.१,००,०००।–(रू. एक लाख) घुस वापतको रकम लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित चियापसलबाट मिति २०७६।०५।२७ गते उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराल

 

Download