जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।१ गते 
----------------------------------------
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुर शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत विद्यालय निरीक्षक राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा  श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनिया पर्सामा राहत शिक्षकको रूपमा कार्यरत रहेका जितेन्द्र प्रसाद कुर्मीले कुनैपनि परीक्षाहरू नदिई दस्तुरको बहानामा रु.२¸००¸०००।- जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरू प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरूले राहत शिक्षकको पदमा कार्यरत रही तलव भत्तावापत रु.४¸२६¸५६०। भुक्तानी लिई  खाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई राष्ट्रसेवकलाई दस्तुरको बहानामा घुस रिसवत दिइ भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको प्रमाणित हुन आएकोले निज प्रतिवादी जितेन्द्र प्रसाद कुर्मीउपर दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस रिसवतवापत दिएको रकम रु.२¸००¸०००।- नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रु.४¸२६¸५६०।- समेत गरी रु.६¸२६¸५६०।- (छ लाख छव्बीस हजार पाँच सय साठी) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम रु.२,००,०००।-(दुई लाख) ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी गरेको विगो रु.४,२६,५६०।–(चार लाख छब्बीस हजार पाँच सय साठी) ऐ. ऐनको दफा १७ बमोजिम असूलउपर हुन मागदावी लिईएको ।
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले जितेन्द्र प्रसाद कुर्मीसँग विभिन्न दस्तुरहरूको बहानामा रु.२,००,०००।…(दुई लाख) गैरकानूनी लाभ घुस रिसवतका रकमहरू लिएर तलव भत्तावापत रु.४¸२६¸५६०।- समेत भुक्तानी दिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको स-प्रमाण पुष्टि भएकोले निज प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिन आएकोले निज प्रतिवादीलाई विगो रु.६¸२६¸५६०।- (छ लाख छव्बीस हजार पाँच सय साठी) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रु.२,००,०००।-(दुई लाख) ऐ.को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो रु.४,२६,५६०।–(चार लाख छब्बीस हजार पाँच सय साठी) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको।
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जमुनियाँ, पर्साका प्रधानाध्यापक नागेन्द्र प्रसादले जितेन्द्र प्रसाद कुर्मीका नियुक्ति लगायतका नक्कली तथा गलत कागजातहरूमा आफू प्रधानाध्यापकको रूपमा कार्यरत रहेको विद्यालयमा कामकाजमा लगाई तलव भत्तासमेतमा राजेश्वर प्रसाद चौरसियासमेतलाई आर्थिक लाभ दिएर सिफारिस गर्न लगाई निकासा गराई तलव भत्तासमेत भुक्तानी दिलाउने कार्यमा मतियारको काम गरी निज नागेन्द्र प्रसादले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी नागेन्द्र प्रसादलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम रु.४,२६,५६०।–(चार लाख छब्बीस हजार पाँच सय साठी) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौममा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14