जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।१ गते
----------------------------------------
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री मदर्सा इस्लामिया दारुल उल्लुम पाण्डेपुर पर्सामा राहत शिक्षकको रूपमा कार्यरत रहेका प्रतिवादी फिरोज आलमले कुनैपनि परीक्षाहरू नदिई दस्तुरको बहानामा रू.२¸२०¸०००।-जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरू प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरूले राहत शिक्षकको पदमा कार्यरत रही तलव भत्ताबापत रू.१¸१८¸८५०।- समेत भुक्तानी लिई खाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई राष्ट्रसेवकलाई दस्तुरको बहानामा घुस रिसवत दिइ भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिंदा निज फिरोज आलमउपर घुस रिसवतबापत दिएको रकम रू.२¸२०¸०००।- र तलव भत्तावापत बुझिलिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रू.१¸१८¸८५०।- समेत गरी रू.३¸३८¸८५०।- (तीन लाख अड्तीस हजार आठ सय पचास) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम रू.२,२०,०००।-(दुई लाख बीस हजार) ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी गरेको विगो रू.३¸३८¸८५०।- (तीन लाख अड्तीस हजार आठ सय पचास) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले फिरोज आलमसँग विभिन्न दस्तुरहरूको बहानामा रू.२,२०,०००।…गैरकानूनी लाभ घुस रिसवतका रकमहरू लिएर नक्कली तथा गलत कागजातहरू उपलव्ध गराई सोही गलत तथा नक्कली कागजातहरूबाट शिक्षकको रुपमा कामकाजमा लगाई वदनियतसाथ गोलमटोल रूपमा खर्चको तेरिजसमेत उपलव्ध नगराई आफूले नक्कली तथा गलत कागजातहरूबाट विद्यालयमा कामकाजमा लगाएका प्रतिवादी फिरोज आलमले तलव भत्ता प्राप्त गर्ने गरी रू.१¸१८¸८५०।- नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको स-प्रमाण पुष्टि भएकोले निज प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिन आएकोले निजउपर घुस/रिसवतबापत लिएको रकम रू.२¸२०¸०००।- र नक्कली तथा गलत कागजातहरूबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रू.१¸१८¸८५०।- समेत गरी विगो रू.३¸३८¸८५०।- (तीन लाख अड्तीस हजार आठ सय पचास) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रू.२,२०,०००।(दुई लाख बीस हजार) ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो रू.१,१८,८५०।–(एक लाख अठार हजार आठ सय पचास) ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन मागदावी लिइएको।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा विर्ता, पर्साका भुतपूर्व प्रधानाध्यापक महेश प्रसाद यादवले राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरूका आधारमा विभिन्न व्यक्तिहरूलाई शिक्षकको रूपमा तलव भत्तासमेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिकामा निर्वाह गरेको देखिई निज प्रतिवादी महेश प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी महेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम रू.१,१८,८५०।(एक लाख अठार हजार आठ सय पचास) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12