नापी कार्यालय भक्तपुरका सर्भेक्षक सिद्धराज जोशी घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०२ गते ।
------------------------------------------

नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षक सिद्धराज जोशीले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज सर्भेक्षक सिद्धराज जोशीलाई सेवाग्राहीसँग रु.८,०००।-(आठ हजार)  घुस वापतको रकम लिइसकेको अवस्थामा भक्तपुर नगरपालिका वडा नं.-९ स्थित लुम्बिनी तन्दुरी एण्ड भोजनालयबाट मिति २०७६।०६।०१ गते उक्त घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download