श्री विशालबजार कम्पनी लिमिटेड, धर्मपथ काठमाडौंमा वरिष्ठ सहायक पदमा कार्यरत पशुपति सापकोटा उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।०२ गते 
-----------------------------------------
श्री विशालबजार कम्पनी लिमीटेड, धर्मपथ काठमाडौंमा वरिष्ठ सहायक पदमा कार्यरत पशुपति सापकोटाले एस.एल.सी.को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कार्य गरिरहेको हुनाले छानविन गरी नक्कली र किर्ते गर्नेलाई कारवाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज पशुपति सापकोटाले विशालबजार कम्पनी लिमिटेड, धर्मपथ काठमाडौंमा कार्यालय सहायक पदबाट बढुवा भई सहायक पद र वरिष्ठ सहायक पदमा काम गर्नका लागि गान्धी उच्च मा.वि. मनोहरा, काठमाडौंबाट प्राप्त मध्यमा तह (एस.एल.सी.) को झुठ्ठा एवं नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सहायक पदबाट वरिष्ठ सहायक पदमा बढुवा भई सरकारी लाभ तथा सुविधासमेत प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएको हुँदा निज पशुपति सापकोटालाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदिपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14