सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम)का सहायक वन अधिकृत पर्शुराम चौधरी र उक्त वन कार्यालय रहेका घरधनी मनोज कुमार शर्मा घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०२ गते ।
------------------------------------------
सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम)का सहायक वन अधिकृत पर्शुराम चौधरी र उक्त वन कार्यालय रहेका घरधनी मनोज कुमार शर्माले डिभिजन वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टरको मुद्दा मिलाईदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत पर्शुराम चौधरी र मनोज कुमार शर्मालाई सेवाग्राहीसँग रू.६५,०००/- (पैसठ्ठी हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय, नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम)को कार्यालय परिसरबाट उक्त घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराल

Download
  

Other Press Release