भूमि सुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीका कार्यालय सहयोगी अर्जुन कुमार मण्डल घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०७ गते ।
------------------------------------------

भूमि सुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीमा कार्यरत कार्यालय सहयोगी अर्जुन कुमार मण्डलले मोही जग्गाको बाँडफाँट सम्बन्धी मुद्दाको लगत कट्टा गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले  निज कार्यालय सहयोगी अर्जुन कुमार मण्डललाई सेवाग्राहीसँग रु.२,०००।– (दुई हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित निजकै कार्यालय परिसरबाट मिति २०७६।०६।०६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release