भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्य प्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।६।२९ गते ।
------------------------------------------
भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा,  कपिलवस्तुका खरिदारद्वय  सूर्य प्रसाद मिश्र  र दुर्गा प्रसाद चौधरीले जग्गाको मोही नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू खरिदारद्वय  सूर्य प्रसाद मिश्र र दुर्गा प्रसाद चौधरीलाई सेवाग्राहीसँग रु.६,०००।–(छ हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित निजहरूलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download