मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल समेत २ जना घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०४ गते ।
-------------------------------------------
मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी  मनोहरि भट्टराईले सेवाग्राहीको  जग्गा नामसारी गरिदिने समेत विभिन्न बहानामा मिलेमतो गरी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी  मनोहरि भट्टराईलाई रू.१२,०००।– (बाह्र हजार) घुस रिसवत लिईसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. २९ मालपोत कार्यालय परिसर नजिकबाट उक्त रकम सहित मिति २०७६।०७।०३ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download