साविक हथियाही गाविसका सचिव एवं हाल २ नं. प्रदेश मुख्यमन्त्रीको कार्यालय जनकपुरका सहायक पाँचौ मनोजकुमार झा उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०४ गते ।
---------------------------------------

रौतहट जिल्लाको विभिन्न गाविसहरूमा अर्धसरकारी अनुदान रकम तथा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग भई भ्रष्टाचार र अनियमितता भएकोले सम्बन्धित पदाधिकारी  एवं कर्मचारी उपर आवश्यक छानविन गरी कानुनी कारवाही गरिपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक हथियाही गाविसका सचिव एवं हाल २ नं. प्रदेश मुख्यमन्त्रीको कार्यालय जनकपुरका सहायक पाँचौ मनोजकुमार झाले साविक हथियाही गाविसबाट पेश्की लिई वदनियतपूर्वक फछर्यौट नगरेको, चालु तथा पुँजीगत खर्च जथाभावि आफूखुसी खर्च लेखी जम्मा रू.३,५९,१३८।–(अक्षरूपी तिन लाख उनान्साठी हजार एक सय अठतिस रूपैयाँ) बराबर हिनामिना, हानिनोक्सानी  तथा दुरुपयोग गरेको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी मनोजकुमार झा उपर विगो रू.३,५९,१३८।–(अक्षरूपी तिन लाख उनान्साठी हजार एक सय अठतिस रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी हानिनोक्सानी भएको विगो ऐ. ऐनको दफा १७ वमोजिम निज प्रतिवादीबाट असुलउपर हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।  

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14