Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

ईलाका प्रहरी कार्यालय गड्डाचौकी, कन्चनपुरमा कार्यरत प्रहरी जवान दिपक चौधरी घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०६ गते ।
------------------------------------------
जिल्ला कन्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दिपक चौधरीले बजारहरूमा ब्यबसायीहरूको माग बमोजिम भारतको स्थानीय बजार बनबासाबाट मालसामान क्यारीङ गरि ल्याउने क्रममा भन्सार शुल्क तिरि सके पश्यात पनि शुल्क बाहेकको रकम सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले निज प्रहरी जवान दिपक चौधरीलाई सेवाग्राहीसँग रु. ५,०००।–(पाँच हजार) घुस वापतको रकम लिईसकेको अवस्थामा उक्त घुस रकम सहित भिमदत्त नगरपालिका बडा नं. ११ स्थित नेपाल भारत सिमानाको ७ नं. पिल्लर नजिकैबाट  रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download Now
  

Other Press Release

मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का कार्यवाहक वडाअध्यक्ष उमेशकुमार साह घुस रकमसहित नियन्त्रणमा ।
2019/11/19
ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जन घुस रकमसहित नियन्त्रणमा ।
2019/11/19
यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाण्डौका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ (पाँच) जना घुस रकमसहित नियन्त्रणमा ।
2019/11/14
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतो नियन्त्रणमा ।
2019/11/13
राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरी दरबन्दीका सूचक धर्मेन्द्रकुमार झा घुस रकमसहित नियन्त्रणमा ।
2019/11/13