Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीमा कार्यरत कार्यालय सहयोगी अर्जुन कुमार मण्डल उपर आरोप पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०७गते ।
---------------------------------------
भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीमा कार्यरत कार्यालय सहयोगी अर्जुन कुमार मण्डलले मोही जग्गाको बाँडफाँट सम्बन्धी मुद्दाको लगत कट्टा गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले  निज कार्यालय सहयोगी अर्जुन कुमार मण्डललाई सेवाग्राहीसँग रु.२,०००।– (दुई हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीका कार्यालय सहयोगी अर्जुन कुमार मण्डलले घुस/रिसवत लिएको देखिदाँ उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको स-प्रमाण पुष्टि हुन आएकोले निज कार्यालय सहयोगी अर्जुन कुमार मण्डललाई विगो रु. २,०००।– (दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download Now