श्री बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया उपर आरोप पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०७ गते ।
---------------------------------------
बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्रप्रसाद मौर्यले शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग रू ४०,०००/- घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक रबिन्द्रप्रसाद मौर्यलाई सेवाग्राहीसँग रु.४०,०००।–(चालीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा स्थित न्यु सिद्धार्थ होटल गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा श्री बाल ज्योति माध्यमिक बिद्यालय विशुनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियाले बिद्यालयको बिज्ञान बिषयको माध्यमिक तहको शिक्षकको परिक्षामा उत्तिर्ण गराई दिने भनी घुस/रिसवत लिएको देखिदाँ उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज प्रतिवादीहरुलाई विगो रु. ४०,०००।– (चालिस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ख) बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet