Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

शिक्षा बिकास निर्देशनालय प्रदेश नं. ५ बुटवल रुपन्देहीमा कार्यरत सव-ईन्जिनियर (करार) सन्दिप पौडेल र जे.सि.भी. चालक बिक्रम बस्नेत घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०९ गते ।
------------------------------------------

शिक्षा बिकास निर्देशनालय प्रदेश नं. ५ बुटवल रुपन्देहीमा कार्यरत सव-ईन्जिनियर (करार) सन्दिप पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता वापतको बाँकी रकम बिद्यालयको खातामा निकासा गर्ने सिलसिलामा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले निज सन्दिप पौडेल र रकम लिन मतियारको रुपमा प्रयोग गरेका जे.सि.भी. चालक बिक्रम बस्नेतले सेवाग्राहीबाट रु.१,२०,०००।–(अक्षेरुपी एकलाख बीस हजार) घुस/रिसवत लिईसकेको अवस्थामा मिति २०७६।०७।०८ गते निजहरु सन्दिप पौडेल र बिक्रम बस्नेतलाई  बुटवल उप-महानगरपालिका वडा नं. २, स्थित उजिरसिंह टोलबाट घुस/रिसवत वापत लिएको रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download Now
  

Other Press Release

मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का कार्यवाहक वडाअध्यक्ष उमेशकुमार साह घुस रकमसहित नियन्त्रणमा ।
2019/11/19
ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जन घुस रकमसहित नियन्त्रणमा ।
2019/11/19
यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाण्डौका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ (पाँच) जना घुस रकमसहित नियन्त्रणमा ।
2019/11/14
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतो नियन्त्रणमा ।
2019/11/13
राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरी दरबन्दीका सूचक धर्मेन्द्रकुमार झा घुस रकमसहित नियन्त्रणमा ।
2019/11/13