कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतो नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२७ गते ।
------------------------------------------

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरमा बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले गरेको छानबिनमा उक्त कार्यालयको गोदाममा मौज्दात रहेको धानको लिलाम प्रकृया अगाडि बढाईएको कागजात रहेको तथा गोदाम खाली गरी लिलाम भएको भनिएको धानको नगदी रसिद समेतबाट दाखिला गरेको नदेखिए पश्चात् उक्त कार्यालयका स्टोर किपर वरिष्ठ सहायक रामबाबु महतोको कार्यकक्षबाट स्रोत नखुलेको रु.६८,०००।–(अरसठ्ठी हजार) रकमसहित शाखा प्रबन्धक आलोक कुमार र रामबाबु महतोलाई मिति २०७६/०७/२६ गते कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download